धनकुटेलीको साधारण सभा सम्पन्न अमर रानामगर अध्यक्षमा चयन

गत १० जनवरी २०१५ का दिन अल्डरसटको ओजन रेष्टुरेष्टमा सम्पन्न धनकुटा सेवासमाज युकेको सम्पन्न बार्षिक साधारण सभाले रिटायर्ड क्याप्टेन अमर रानामगरलाई अध्यक्षमा चयन गरेको छ ।

सभाले सन् २००७ देखि नियमिति सचालन हुदै आएको धनकुटा जिल्लावासी समाज तथा धनकुटा प्रतिभा पुरस्कार कोषलाई पनि धनकुटा सेवासमाज अन्तर्गत समेट्ने सहमति भएको छ । सैनिक सेवामा सेवारत धनकुटेलीहरुको मुख्य भूमिका रहेको साथै विश्वभरका धनकुटेलीहरुको समेत योगदान रहेको प्रतिभा कोषले विगत ८ बर्ष देखि निरन्तर जिल्लावासीहरुलाई समेट्दै आएको छ । सन् २००९ मा सेवारत धनकुटेली जमात युकेबाट ब्रुनाई सरेपछि ब्रुनाईमै जिल्लावासीहरु बीच कार्यक्रम गर्दै आईरहेका थिए । सेवारत धनकुटेली जमात ब्रुनाई सरेपछि युकेमा पनि आवश्यकता महशुस गरि सन् २०१० मा धनकुटा सेवासमाज निर्माण गरिएको थियो । सेवारत धनकुटेली जमात ब्रुनाईबाट गतबर्ष युके फर्किए संगै एकै समितिमा एकताबद्ध भएका हुन ।

जिल्लावासी समाजले प्रतिभा कोषको लागि प्रतिब्यक्ति ७५ पाउण्ड उठाएर ३ लाख रुपैया संकलन गरि अक्षयकोष राखि सकेको छ भने सेवा समाजले प्रतिब्यक्ति २० पाउण्ड तिरेर सदस्यता लिने ब्यवस्था गरेको छ । ब्रुनाईबाट फर्किएका जिल्लावासी समाजका सदस्यलाई तोकिएको सदस्यता शुल्क तिरी सदस्यता लिन आग्रह गरेको छ । त्यस्तैगरि जिल्लावासीको हैसियतले छुटेका सबैलाई ७५ पाउण्ड तिरेर प्रतिभा कोषको लागि योगदान गर्न भनिएको छ ।
सभाले धनकुटा जिल्लाको लागि एम्बुलेन्स प्रोजेक्ट र प्रतिभा पुरस्कार कोषलाई ७ लाख बनाउने योजना अघि बढाएको छ । युकेमा रहेका सम्पूर्ण धनकुटा जिल्लावासीहरुको बार्षिक भेटघाट आगामी ३० अगष्टको दिन अल्डरसटमा गर्ने निर्णय गरेको छ ।
सभाले उपाध्यक्षद्धयमा पूर्ण फालेछ्वा लिम्बु, जयबहादुर तामाङ, सहसचिव चित्र लिम्बु, कोषाध्यक्षमा तेज पुलामी, सहकोषाध्यक्षमा डम्बर खजुम बाहेक बाँकी समितिका पुरानै पदाधिकारी तथा सदस्यहरुलाई यथावत गरिएको छ । सल्लाहकारहरुमा चाहि निवर्तमान अध्यक्ष धन रोगु, रिटायर्ड क्याप्टेन वेनिन्द्र लिम्बु, रिटायर्ड क्याप्टेन हरी लिम्बु र
धनबहादुर तिगेला चयन हुनु भएको छ ।

सभाको सभाध्यक्ष निवर्तमान अध्यक्ष धन रोगुले गर्नुभएको थियो भने सचालन सचिव नेत्र खजुमले गर्नुभएको थियो । अघिल्लो कार्यसमितिको कार्यकाल २ बर्ष रहेको थियो ।-

Share This:

Leave a Reply

Your email address will not be published.